कोरोना भाइरस परीक्षण र उपचारबाट सरकार पन्छिन हुन्न : साभा पार्टी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

साझा पार्टीले कोरोना भाइरस परीक्षण र उपचारबाट सरकार पन्छिन नमिल्ने बताएको छ । सो पार्टीले आज विज्ञप्ती प्रकाशित गर्दै संक्रमित नागरिकले उपचार खर्च आफैं व्यहोर्नु पर्ने सरकारको पछिल्लो निर्णयप्रति आपत्ति जनाएको हो । पार्टी प्रवक्ता शरदराज पाठकद्वारा जारी विज्ञप्तीमा सरकारलाई सो निर्णय सच्याउन आग्रह गरिएको छ ।

नागरिकले आधारभूत स्वास्थ्य सेवा राज्यबाट निःशुल्क पाउने संविधानको मौलिक हक र अदालतको फैसला विपरित सरकारको निर्णय आएको भन्दै साझाले आपत्ति जनाएको हो । प्रधानमन्त्री केपी ओली नागरिकको उपचार खर्च राज्यले धान्न सक्दैन भन्नेजस्तो असंवेदनशील र गैह्रजिम्मेवारपूर्ण तर्क गरेर आफ्नो संवैधानिक दायित्वबाट भाग्न खोजेको आरोप पनि सो पार्टीले लगाएको छ ।

राज्यलाई अर्बौँ अरबको क्षति पुग्ने गरी बिचौलियासँगको साँठगाँठ र भ्रष्टाचारमा सरकार उन्मत्त भएको आरोप विज्ञप्तीमा लगाइएको छ । महाव्याधिका बेला जनतालाई अप्रत्यक्ष रूपमा, पैसा भए बाँच नभए मर भन्नु कुृ्ररता भएको साझाको भनाइ छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *