कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएका दुई जनाको ज्यान गयो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

जनकपुरमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएका दुई जनाको ज्यान गएको छ ।

जनकपुरधाम उपमहानगरपालिका २ मा रहेको विनय तारा फाउण्डेशन क्यान्सर अस्पतालमा सेक्युरिटी गार्डको काम गर्दै आएका ४५ वर्षीय पुरुष र शहीद नगरपालिका ८ का ५० वर्षीय पुरुषको ज्यान गएको हो । उनीहरुलाई ज्वरो, रुघाखोकीका साथै श्वासप्रश्वासमा समस्या भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिएकाहुन ।

मृत्यु भएका दुवै जनाको कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा स्वाब सङ्कलन गरिएको भट्टराईले बताए । उनीहरुको रिर्पोट भने आउन बाकि रहेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *