कोरोना भाइरसबाट चीनमा एक अमेरिकीनागरिकको मृत्यु

एजेन्सी, चीनको वुहानमा नयाँ कोरोना भाइरसबाट संक्रमित एक अमेरिकी नागरिकको मृत्यु भएको पुष्टि भएको छ।
बेइजिङस्थित अमेरिकी दूताबासका अनुसार वुहानमा नयाँ भाइरसबाट अमेरिकी नागरिकको ज्यान गएको हो । अमेरिकी दूताबासका प्रवक्तालाई उदृत गर्दै न्यु योर्क टाइम्सले नयाँ भाइरसबाट पहिलो पटक अमेरिकी नागरिकको ज्यान गएको जनाउको छ ।
त्यस्तै वुहानस्थित अस्पतालमा भर्ना गरिएका एक जापानी नागरिकको पनि ज्यान गएको छ । निमोनिया भएपछि अस्पताल भर्ना गरिएका जापानी नागरिकको मृत्यु भएको जापानी विदेशमन्त्रालयले बताएको छ ।
कोरोना भाइरसबाट संक्रमित भएपछि उनको मृत्यु भएको आशंका गरिएको छ । तर नयाँ भाइरस पहिचान गर्नमा भइरहेको कठिनाइका कारण भाइरल निमोनियाबाट उनको मृत्यु भएको बताइएको छ ।
वुहानमा निमोनियाका कारण ज्यान गुमाउने जापानीको उमेर ६० वर्षमाथि रहेको समेत समाचारमा उल्लेख गरिएको छ ।
हालसम्म कोरोना भाइरसबाट ७ सयभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ भने ३४ हजारभन्दा बढी मानिस संक्रमित छन् । साथै नयाँ भाइरस २७ वटा मुलुकमा फैलिइसकेको छ ।