कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप एकजनाको ज्यान गयो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप एकजनाको ज्यान गएको छ । संक्रमणबाट ज्यान गुमाउनेमा गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ का ४४ वर्षीय पुष्पराज कुमाल रहेकाछन् ।

पालुङटार नगर स्वास्थ्य प्रमुख कृष्णप्रसाद अधिकारीका अनुसार गोरखा अस्पतालको आइसोलेसनमा रहेका उनको शनिबार बिहान ५ बजेतिर ज्यानगएको बताएकाछन्।यही असार १७ गते कतारबाट आएका उनमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो।

शव व्यवस्थापनका लागि उनको परिवारका सदस्यलाई गोरखा अस्पताल लाने तयारी भइरहेको नगर स्वास्थ्य प्रमुख अधिकारीले जानकारी दिएकाछन।‘उहाँलाई स्थानीय क्वारेन्टिनबाट शुक्रबार राति ९ बजे मात्र जिल्ला अस्पताल गोरखा पुर्‍याइएको थियो,’ नगर स्वास्थ्य प्रमुख अधिकारीले शनिबार बिहान उनले जानकारी दिए ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *