कोरोना नियन्त्रण तथा रोकथाममा सरकारले बेवास्ता गर्यो :शेरबहादुर देउवा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना नियन्त्रण तथा रोकथाममा सरकारले बेवास्ता गरेको आरोप लगाउनुभएको छ ।

शुक्रबार सहमहामन्त्री प्रकाशशरण महतको संयोजकत्वमा पार्टीले बनाएको कोरोना अनुगमन समितिको प्रतिवेदन बुझ्दै गरिब जनतालाई निःशुल्क पिसिआरसमेत नगरेर सरकारले जनताको जीवनमा खेलवाड गरेको आरोप लगाएकाछन् । त्यस्तै उनले कोरोना नियन्त्रणका लागि खरिद गरिएको सामग्रीदेखि दाताले दिएको सहयोगमा पनि सरकारले भ्रष्टाचार गरेको आरोप लगाएकाछन् ।

सभापति देउवाले पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना भयावह हुने अवस्थामा पुगे पनि सरकारले आइसोलेसनहरू व्यवस्थापन गर्न नसकेको बताए । अक्सिजनसहित व्यवस्था भएको कम्तिमा एक हजार बेडका आइसोलेसन काठमाडौं र सातै प्रदेशमा तयार राख्नुपर्नेमा सरकारले कामै नगरेको उनको आरोप छ।

सरकारले आवश्यकताअनुसार तत्काल भेन्टिलेटर, अक्सिजनसहित व्यवस्था हुने आइसोलेसन तयार नगरे आन्दोलन गर्ने चेतावनी पनी दिउकाछन् । उनले कोरोना रोकथाम तथा नियन्त्रणमा जति खर्च भए पनि कांग्रेसले निशर्त सहयोग गर्ने बताए पनि सरकारले जनताका पक्षमा काम नगरेको उनले आरोप लगाएकाहुन । जनताका पक्षमा सरकारले काम नगरे संसद बैठक डाक्न पनि पार्टीले माग गर्ने बताए । उनले दसैंलगत्तै संसद बैठक बोलाएर सरकारलाई जनताका पक्षमा काम गर्न बाध्य बनाइछाड्ने बताए ।

कोरोना अनुगमन समितिका संयोजकत्व तथा सहमहामन्त्री प्रकाशशरण महतले कोभिड १९ अनुगमन समितिको प्रतिवेदन सभापतिलाई हस्तान्तरण गर्दै सरकारको प्रोपागाण्डा शैलीमा प्रस्तुत भएर जनतालाई गलत सूचना प्रवाह गरेको आरोप लगा्रए ।

उनले सरोकारवालासँग छलफल गरेर यर्थाथका आधारमा सरकारलाई लगातार रुपमा ध्यानाकर्षण गरिरहेको भएपनि सरकारले खासै ध्यान नदिएको उनले आरोप लगाए । त्यस्तै उनले विविध क्षेत्रलाई समेटेर तयार पारिएको संक्षिप्त प्रतिवेदन सभापतिलाई बुझाएको जानकारी निए । कोरोनाका कारण लाखौँ युवा बेरोजगार भएको र गरिबी दर ह्वात्तै बढेको उनले बताए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *