कोरोना कहरलेसात महिना बन्द रहेकोफिल्म हल भारतमा खोलिँदै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

भारतमा कोरोना भाइरस महामारीका कारण विगत सात महिनादेखि बन्द रहेका सिनेमा घर खोलिने भएको छ ।

आउँदो १५ अगस्तपछि फिल्म हल पनि खोलिने निर्णय भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । यो खबरले फिल्मकर्मीले उत्साहित बनेका छन् ।लामो समयदेखि बन्द रहेको कोरोना भाइरसका कारण बलिउडले अर्बौं रुपैयाँ घाटा बेहोरेको छ ।

भारतमा संक्रमितको दर एसियामै सबैभन्दा बढी छ । विश्वमा अमेरिकापछि संक्रमितको दर उच्च हुनेमा भारत पर्छ । पछिल्ला विवरणहरु अनुसार भारतमा संक्रमितको संख्या ७० लाखभन्दा बढी छ ।

यसैबीच विवेक ओवरायको फिल्म ‘पीएम नरेन्द्र मोदी’ १५ अक्टोबरदेखि हलमा पुनः रिलिज गरिने भएको छ । फिल्ममा विवेकले नरेन्द्र मोदीको भूमिका निभाएका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *