कोरोनाले मृत्युभई गाडेको शव उत्खनन गरेर ५ महिना पछि दाहसंस्कार

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

अर्घाखाँचीमा कोरोना संक्रमितको शव गाडेको ५ महिनापछि उत्खनन गरेर हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिएको छ ।

मालारानी गाउँपालिका वडा नं. ४ खनका ५७ वर्षीय यमप्रसाद खनालको गत जेठ २८ गते बुटवलमा उपचार गरेर फर्कने क्रममा बाटो मै मृत्यु भएको थियो । स्वाव परिक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो ।

कोरोनाका कारण ज्यान गुमाएका एक पुरुषको शवलाई करीव ५ महिनापछि उत्खनन गरेर अन्तिम दाहसंस्कार गरिएको आफन्त प्रकाश खनालले बताए । कोरोना पोजेटिभ देखिएपछि शव कसरी व्यवस्थापन गर्ने विषयमा विवाद हुदा शवलाई २ दिनसम्म खुल्ला चौरमा राख्न परिवारका सदस्य बाध्य भएका थिए ।

परिवारले चाहेको ठाउँमा शव व्यवस्थापन र परम्परा अनुसार काजकिरिया गर्न पाएका थिएनन् । अहिले ५ महिनामा शवलाई उत्खनन गरेर हिन्दु परम्पराअनुसार शवको अन्त्यष्टि गरिएको आफन्त प्रकाश खनालको भनाइ छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *