कोरोनाले फेन्सी ब्यबसाय शंकटमा परेपछि कुखुरापालन सुरु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

कोरोनाले भएको पेशा रोजगारी समेत गुम्दै गइरहेको बेला राजनीति आन्दोलनमा लागेका बागलुङका युवाहरू भएको पुरानो पेशा परिवर्तन गरि कुखुरा पालनमा लाग्न थालेका छन् ।
राजनीति पार्टीका केन्द्रीय तहका नेता समेत आर्थिक समृद्धिको बाटोमा हिडेपछि जिल्लामा समेत त्यसको प्रभाव देखिन थालेको छ । बिश्वब्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस कोभिड १९ ले भएको रोजगारी र पेशा ठप्प भएपछि बागलुङका युवाले आफ्नो पेशा परिवर्तन गरि कुखुरा पालन तर्फ लागेका छन् ।

बागलुङ नगरपालिका वडा नम्बर २ सृजना टोल निवासी नरबहादुर केसी यतिबेला कोरोना भाइरस संगै लाखौं लगानीमा संचालित फेन्सी ब्यबसाय ठप्प भएपछि रोजगारीका साथै मनग्य आम्दानी गर्न सकिने सम्भावना देखेर कुखरा पालन (ब्रोइलर) ब्यबसाय शुरू गरेका छन् । वार्षि १ लाख भाडा तिर्ने गरी १ रोपनी जग्गा लिजमा लिई ६ सय कुखुरा पालन वाट व्यवसाय थालनि गरेको हुन ।

कोरोना भाइरस कोभिड १९ लाई लक्षित गरि सरकारले देशमा लकडाउन गरेपछि फेन्सी पसल ठप्प भएर दैनिकी चलाउन समेत हम्मेहम्मे भएपछि पेशा परिवर्तन गर्न बाध्य भएको ब्यबसायी नरबहादुर केसीले बताए ।तत्कालिन माओवादी आन्दोलनमा लागेर वाइसीएलका राज्य कमिटी सम्मको पदमा पुगेका केसीले पार्टी एकता भएपछि कुनै पनि जिम्मेवारी नपाएपछि फेन्सी व्यवसायमा लागेका थिए । कोरोनाले फेन्सी व्यवसाय समेत धरापमा परेपछि कुखुरा पालन सुरु गरेको उनेले बागलुङ मै ससेस उद्योग संचालन गर्ने योजना बनाएका छन् । यतिबेला केसीले शुरू गरेको नयाँ ब्यबसायलाई श्रीमती र छोराले सघाइ रहेका छन् ।

बागलुङ बजारका फ्रेस हाउसमा बोइलर कुखुराको मासुको राम्रो बिक्रीवितरण हुने भएको कारणले पनि यतिबेला कोरोना भाइरस कोभिड १९ संग जुडदै दैनिकी चलाउन पनि पेशा परिवर्तन गर्नु परेको श्रीमती सुनिता केसीले बताए ।

बोइलर कुखुराको उत्पादन ५–६ हप्तामै हुने हुदा वर्षमा ६–७ पटकसम्म कुखुरा बेच्न सकिने भएकोले पनि यो व्यवसाय रोजेको वताए । कुखुरापानल व्यवसाय गर्न धेरै ठूलो तालिमको आवश्यकता समेत नपर्ने भएकोले पनि गाउँ देखि शहरसम्म यसलाई ब्यबसायीक रूपमा फम दर्ता गरेर चलाउने युवा जनशक्ति समेत बढेर गएका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *