कोरोनालाई गिज्यादै नेपालीहरुको गाईजात्रा !

कोरोनाको कहरकाबीच भक्तपुरका नेवार समुदायले सोमबार गाईजात्रा पर्व मनाएका छन् ।
गाई र जात्रा अर्थात् यस दिन माता र पृथ्वीको रुपमा हिन्दू संस्कारमा पूजनीय गाईको जात्रा पनि हो । भक्तपुरमा मनाइने गाईजात्राको प्रमुख आकर्षण भनेको घिन्ताङघिसी नाच हो । तर यस बर्ष कोरोना महामारीका कारण बिशेष हुने भक्तपुरको गाइजात्रा सामान्य तरिकाले मनाइएको हो ।
भक्तपुरमा आठ दिनसम्म गाइजात्रा मनाउने प्रचलन छ ।
जहाँ एक वर्षभित्र मृत्यु भएकामध्ये उमेर नपुगेका बालबालिकाको साँचा अर्थात डोकोलाई गाईको रुपमा सिंगारेर नगर परिक्रमा गरिन्छ भने उमेर पुगेका व्यक्तिहरुको ताहामच्चा अर्थात चार वटा बाँस प्रयोग गरी गाईको प्रतीक बनाई नगर परिक्रमा गरिन्छ ।
गाई वा ताःमचा वनाई नगर परिक्रममा गराउनेलाई श्रद्धालुहरुले फलफूल, रोटी, चिउरा दहीका साथै अन्न र द्रव्य दान गर्दछन् ।