कोरोनाबाट भारतमा एकै दिन ७६४ जनाको ज्यान गयो, ५७ हजार संक्रमित

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

विश्वभर फैलीएको कोरोना भाइरसको महामारी छिमेकी मुलुक भारतमा तिब्र गतिमा बढीरहेको देखिएको छ ।भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ७६४ जनाले ज्यान गुमाएकाछन् ।

योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या ३६ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ३६ हजार ५११ पुगेको छ ।त्यस्तै पछिल्लो २४ घण्टामा ५७ हजार ११७ जना संक्रमित पुष्टि भएको छ । यो अहिलेसम्म भारतमा एकै दिन संक्रमित सबैभन्दा धेरै संख्या हो ।

योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या करिब १७ लाख पुगेको छ । भारतमा कुल संक्रमित १६ लाख ९५ हजार ९८८ पुगेको छ ।यसका साथै भारत धेरै संक्रमित हुने देशको सुचीमा अमेरिका, ब्राजिलपछि तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै भारतमा अहिलेसम्म १० लाख ९४ हजार ३७४ जना ठिक भएका छन् भने ५ लाख ६५ हजार १०३ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।त्यस्तै भारतमा अहिलेसम्म कुल एक करोड ९३ लाख ५८ हजार ६५९ नमुना परिक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा ५ लाख २५ हजार ६८९ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *