कोरोनाबाट पाटन अस्पतालमा थप एकजनाको मृत्यु, नेपालमा मृतक संख्या ११६ पुग्यो

ललितपुरको पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको ज्यान गएको छ ।भक्तपुर सूर्यविनायक निवासी ६१ वर्षीय महिलाको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।साउन २१ गतेदेखि उपचाररत संक्रमित ती महिलाको बुधबारबिहान मृत्यु भएको अस्पतालले जनाएको छ । योसहित नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सख्या ११६ पुगेको छ ।
(Visited 1 times, 1 visits today)