कोरोनाको संक्रमनबाट मोरङमा २ जनाको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

मोरङमा बुधबार कोरोना भाइरसको संक्रमणका कारण २ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा रंगेली ८ का एक पुरुष रहेको बुझिएको छ । कोशी अस्पताल विराटनगरमा मंगलबार राति भर्ना भएका विराटनगर ९ का ४५ वर्षीय पुरुषको बुधबार दिउँसो मृत्यु भएको थियो भने रंगेलीका ४५ वर्षीय पुरुषको अस्पताल आईनपुग्दै मृत्यु भएको थियो । दुबैको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण रहेको पुष्टि भएको कोशी अस्पतालले जनाएको छ ।

रंगेली ८ का ४५ वर्षीय पुरुषलाई श्वासप्रश्वासको समस्या भएको भन्दै बुधबार विहान ९:३० बजे आफन्तले अस्पताल ल्याएका थिए । तर, डाक्टरले उनलाई तत्काल मृत घोषणा गरे । मृत्युपछि कोरोनाको आशंकामा स्वाब संकलन गरिएकोमा कोरोना पोजेटिभ रहेको रिपोर्ट आएको अस्पतालको आइसोलेशनका इञ्चार्ज डा लक्ष्मीनाराययण यादवले जानकारी दिएकाहुन ।

यसअघि विराटनगर ९ का पुरुषको अस्पतालमा उपचारको क्रममा मृत्यु भएकोमा उनको पनि रिपोर्ट पोजेटिभ आएको छ । योसँगै बुधबार मात्र मोरङमा कोरोनाबाट २ जनाको मृत्यु भएको छ भने कोरोनाबाट मृत्यु हुनेको संख्या जिल्लामै ४ पुगेको छ ।यसअघि गत सोमबार विराटनगर– ५ का ७७ वर्षीय वृद्धको कोरोनाकै कारण कोशीकै आइसोलेसनमा मृत्यु भएको थियो । त्यसअघि सुनवर्षीका एक पुरुषको कोशी अस्पतालबाट थप उपचारको लागि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।
यसै क्रममा मृतकका आफन्तले अस्पतालका डाक्टरमाथी हातपात समेत गरेकाछन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *