कोरोनाको जोखिम बढेसंगै काठमान्डौको असनदेखि टेकुसम्मको क्षेत्र सिल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

काठमान्डौका संक्रमितको सख्या अत्याधिकरुपमा बढेपछि मुख्य व्यापारिक क्षेत्र न्युरोड, असन, इन्द्रचोक र टेकु क्षेत्र सिल गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी न्युरोड, असन, इन्द्रचोक र टेकु क्षेत्रलगायत व्यापारिक केन्द्र सिल गर्ने निर्णय गरेको हो ।

कोरोना सङ्क्रमण देखिएका स्थान र बस्ती वरपर सिल गर्ने गरी तयारी भइरहेको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए। यसअघि काठमाण्डौ महानगरपालिका २२ को वडा समिति, स्थानीय सङ्घ संस्था, व्यापारीलगायतको छलफलले तत्कालका लागि सबै पसल र कार्यलय बन्द गर्ने निर्णय गरेको थियो ।

केही व्यापारीमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै न्युरोडको उत्तरी क्षेत्रका पसल र सबै कार्यालय बन्द गर्न भनिएको वडा नम्बर २२ का वडाध्यक्ष चिनिकाजी महजर्नले बताएकाछन् ।पछिल्लो केही हप्तायता काठमाण्डौ उपत्यका कोरोनाको उच्च जोखिममा रहेको छ । पछिल्लो २४ घण्टामा मात्रै काठमाण्डौ उपत्यकामा थप एक सय ६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *