कोरोनाको जोखिम बढेपछि ठूला सभा, सम्मेलन र भोजभतेर जस्ता कार्यक्रम नगर्न सरकारको आग्रह

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

विश्वभरी कोरोना भाइरसको जोखिम बढेसँगै सरकारले कुनै पनि ठूला सभा, सम्मेलन र भोजभतेर जस्ता धेरै मानिस भेला हुने कार्यक्रम नगर्न आग्रह गरेको छ ।

आइतबार स्वास्थ्य, तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोनाको जोखिम बढेकाले ठूला सभा, सम्मेलन र भोजभतेर नगर्न आग्रह गरेकाहुन । सरकारले कोरोना भाइरसको संक्रमण रोक्नका लागि विभिन्न चरणमा पूर्व तयारी गरिरहेको उनले बताए ।

मन्त्री ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा खुला सीमानाबाट आउने र जाने प्रत्येक व्यक्तिहरुलाई चेकचाँजमा कडाई गर्ने तयारी गरेको छ । मन्त्री ढकालले देशबाहिर जाने व्यक्तिहरुलाई चेकजाँच गरी कोरोना संक्रमण छैन भनेर एकिन गरेपछि मात्रै पठाउने तयारी पनि सरकारले गरेको छ । कुनै व्यक्तिमा संक्रमण देखिएमा विभिन्न अस्पतालमा उपचारको आवश्यक व्यवस्था गरिएको उनले बताए ।

सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य जनशक्ति बढाउने तयारी पनि सरकारले गरेको छ । सरकारको यो निर्णयले आगामी चैतमा हुने भनिएको सगरमाथा सम्बाद समेत प्रभावित हुने देखिन्छ ।

स्याङ्जाका ३० बर्षे यामप्रसाद लुइटेंलले मोटरसाइकलमा विश्वभ्रमणको यात्रा सुरु गरेका छन् । वालिङ् नगरपालिका १४ तमादीका लुईटेलले १२ बर्षै यात्रा स्याङ्जादेखि सुरु गरेका हुन् । लुईटेललाई जिल्ला समन्वय समिति स्याङ्जाले बिधिवतरुपमा विश्वभ्रमण सफल यात्रा शुभारम्भ सहित विदाई गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दास, गल्याङ प्रमुख भूपराज अधिकारी, पुतलीबजार नगरउपप्रमुख महेश पुरी, निमित्त प्रमुख जिल्ला अधिकारी धु्रव गिरी, जिल्ला समन्वय अधिकारी विश्वप्रकाश अर्याल पत्रकार महासंघका उपाध्यक्ष अर्जुन काफ्ले लगायतले लुईटेंलको यात्राको सफलताको कामना गर्दै आवश्यक सहयोग गर्ने प्रतिवद्धता सहित विदाई गरेका थिए । लुईटेलले भ्रमण बर्ष २०२० को अवसर पार्दै नेपाललाई विश्वभर चिनाउने अभियानमा लागि परेको जानकारी दिए । विश्वका १ सय ९२ देश पुग्ने उनको लक्ष्य छ । करिब २ बर्षजति उनले नेपालका ७ सय ५३ स्थानीय तहको भ्रमण गर्ने र त्यसपछि विश्वभ्रमणका लागि निस्कने जनाए । विश्वभ्रमण यात्रीलाई जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरु, स्थानीय तहहरुका प्रमुख उपप्रमुख, नागरिक समाज, पत्रकार लगायतले बिदाई एवं शुभकामना दिएका थिए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *