कोरोनाको केन्द्रविन्दु बन्दै काठमान्डौ,थप १५९९ जना संक्रमित थपीए

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १५९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै उपत्यकामा कोरोनाबाट संक्रमित हुनेको संख्या २९ हजार ५ सय १७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आइतबार काठमाडौंमा १३७३, भक्तपुरमा ३९ र ललितपुरमा १८७ संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा देशभर २२५३ जना कोरोना संक्रमित पुष्टि भएका छन्।योसँगै संक्रमितको कूल संख्या ८६ हजार ८२३ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १२ हजार ७८४ जनाको पिसिआर परिक्षणमा २२५३ जनालाई संक्रमण देखिएको जानकारी दिए।

२४ घण्टामा १ हजार ३२९ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या हजार पुगेको छ। देशभर २२ हजार २१९ जना सक्रिय संक्रमित छन्।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *