कोरोनाको उच्च जोखिममा पर्सा तर कडाई भने कागज मै सीमित

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

भारतमा कोरोना संक्रमण तिब्ररुपले बढनथाले पछि नेपालमा पनि स्वास्थ्य मापदण्डमा कडाई गरिएको छ । तर, यसरी गरिएको कडाई भने कागज मै सीमित रहेको छ । पर्सास्थित नेपाल भारत सीमाना भएर अझै सयौंको संख्यामा मानिसहरु दिनहुँ नेपाल भित्रि रहेका छन ।

नेपाल सरकारले बिभिन्न नाकाबाट अनाधिकृत आवत जावत नियन्त्रण गर्न स्थानिय प्रशासनलाई निर्देशन दिएको भएपनि पालना हुन सकेको छैन । पर्साको मुख्य प्रबेशद्धार बाट नै नेपाल बाट भारत र भारतबाट नेपाल आहोर दोहर गर्नेको भीड लागेको छ । यस नाकाबाट चार पाङग्रे गाडी निर्वाधरुपले आवतजात गरिरहेका छन । यसैगरी पर्साको सिमावर्ति क्षेत्रमा रहेका छोटी भन्सारहरुमा लामो तथा छोटो दुरीको यात्रुहरुको भीड देख्न सकिन्छ । अनियन्त्रित र अव्यवस्थित आवागमनले पर्सा मात्रै नभई देश नै जोखिममा रहेको स्थानीय बताउछन ।

कोरोना महामारीको संक्रमण पर्सामा समेत अत्यधिक रुपले बढनथाले पछि स्थानीय प्रशासन सक्रिय भएको त देखिन्छ र उसले गरेको निर्णय पालना हुन सकेको छैन । हालै सम्मपन्न पर्सा जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले वीरगञ्ज स्थित ईनरवा नाकामा स्थापीत हेल्थ डेक्स मार्फत स्वास्थ चेक जाँच तथा अभिलेख व्यवस्थापनलाई थप प्रभावकारी बनाउने, अन्य नाकाबाट अनाधिकृत प्रबेश रोक्ने निर्णय गरेको भएपनि कार्यन्वयनमा लापरवाही देखिएको छ । यद्यपी प्रशासनले भने मापदण्डलार्य कडाईका साथ पालना गरिएको दाबी गरेको छ ।

त्यसैगरी बिभिन्न नाकाबाट अनाधिकृत आवत जावतमा नियन्त्रण गर्न शसस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई खटाइएको छ तर भित्रिने क्रम रोकिएको छैन । उता, सुरक्षाकर्मीले भने सिमानाकामा स्ुरक्षाकर्मि अपुग भएकोले समस्या भएको बताएको छ ।

पर्सा जिल्लामा पछिल्लो समय कोरोना संक्रमण तीव्र बनेको छ । त्यहाँ तत्काल कडाई गरिएन भने पर्सा जिल्ला कोरोना महामारीको हटस्पट मात्र नभई यसले देशलाई नै जोखिममा पार्ने खतरा बढेर गएको छ ।।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *