कोरीयाबाट आएका नेपालीमा कोरोनाभाईरसको आशंका,काठमान्डौ पठाईयो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले कोरोना भाइरसको संक्रमणको आशंकामा काठमाडौ रिफर गरेको छ । पाँच दिन अघि कोरियाबाट नेपाल फर्किएका सुनसरीको धरानका एक व्यक्ति उच्च ज्वरो र घाँटीको दुखाइपछि उपचारका लागि प्रतिष्ठानको आकस्मिक कक्ष पुगेका थिए । त्यहाँ सामान्य चेकजाँचपछि उनलाइ काठमाडौ रिफर गरिएको हो ।

कोरोना भाइरस संक्रमण भएको आशंकामा उनलाई काठमाडौ रिफर गरिएको प्रतिष्ठानको आकस्मिक कक्षका इञ्चार्ज डाक्टर ज्ञानेन्द्र मल्लले बताए । बिरामी स्वयंले कोरियाबाट फर्किदा नै आफू भाइरसबाट संक्रमित भएको जानकारी गरएको पनि डाक्टर मल्लले बताए ।

बिहिबार दिउँसो करिब ३ बजे प्रतिष्ठानको आकस्मिक कक्ष पुगेका विरामी आफैले कोरोना भाइरस संक्रमण भएको हुनसक्ने आशंका जनाएपछि त्यही साँझ राष्ट्रिय इपिडिमियोेलोजी तथा रोग नियन्त्रण महाशाखा टेकु रिफर गरिएको प्रतिष्ठानले जनाएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *