कोरिया र चीन बाट आएका तीन युवा टेकु अस्पतालको आइसोलेसन भर्ना

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

काठमाडौं – कोरोना भाइरसको आशंकामा आईतबार टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा तीनजनालाई भर्ना गरिएको छ। भर्ना भएकामध्ये दुईजना नेपाली र एक जना चिनियाँ नागरिक रहेको टेकु अस्पतालका प्रवक्ता तथा सरुवा रोग विशेषज्ञ डा अनुप बाँस्तोलाले बताए। डा बास्तोलाका अनुसार भर्ना भएका नेपालीमध्ये एकजना चिनियाँ नागरिक र अर्का दक्षिण कोरियाबाट फर्केका व्यक्ति भएको बताइएको छ।

दक्षिण कोरियाबाट फर्केको व्यक्तिलाई आइसोलेसन वार्डमा राखिएका यी पहिलो बिरामी हुन्। उनले भने, ‘ज्वरो र सामान्य रुघाखोकी लागेपछि उहाँहरू आफैँ आउनुभएको हो, हामीले शंकास्पद लागेर आइसोलेसन गरेका छौँ। अस्पतालमा राखिएका तीनै जना पुरुष हुन्। चीनमा ३० डिसेम्बरमा पहिलो पटक कोरोना देखिएको थियो।

अहिले सम्म चीनबाट ल्याइएका १७५ जना सहित करिब २५० बढीको कोरोना टेष्ट गरिसकिएको छ। तर अहिलेसम्म ती सबैको नेगेटिभ रिपोर्ट आएको छ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *