‘कोभिड – १९’ विरुद्धको भ्याक्सिन बनाएको भन्दै विश्व स्वास्थ्य संगठनले दियो अक्सफोर्ड विश्वविद्यालयलाइ बधाई

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

कोरोना भाइरस ‘कोभिड – १९’ विरुद्धको भ्याक्सिनबाट सकारात्मक परिणाम प्राप्त भएकोलाई विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले स्वागत गर्दै बधाई दिएको छ ।भ्याक्सिन बनाउने अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुलाई डब्ल्यूएचओले बधाइ दिँदै फैलिँदो संक्रमणबाट लड्नका लागि अझै धेरै काम गर्न बाँकी रहेको बताएको छ ।

गत वर्षको अन्तिम महिना अन्तिम हप्ताबाट सुरु भएको कोरोना भाईरस ‘कोभिड – १९’ संक्रमणबाट सिंगो विश्व अतंकीत बनेको छ । हालसम्म यसविरुद्धको भ्याक्सिन औषधी वा खोप पूर्ण रुपमा बाहिर आईसकेको छैन । तर विशवका विभिन्न देशका वैज्ञानिकहरु यसविरुद्धको औषधीमा जुटिरहेका छन् ।

जेनेभामा एक प्रेस क्नफरेन्समा बोल्दै डब्ल्यूएचओका आपतकालीन कार्यक्रमका निर्देशक डा। माइक रेयानले अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकलाई बधाइ दिएका हुन् । उनले भनेका छन्, ‘यो सकारात्मक परिणाम हो । तर अझै लामो यात्रा तय गर्न बाँकी छ ।’ उनले ठूलो संख्यामा परीक्षण गर्नुपर्ने पनि बताएका छन् ।अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुले निर्माण गरेको खोपलाई आशलाग्दो खोपको रुपमा हेरिएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *