कोभिड–१९ महामारी कहरकाबीच ६ महिनापछि आन्तरिक हवाई उडान सुरु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कोभिड–१९ महामारी कहरकाबीच ६ महिनापछि आन्तरिक हवाई उडान सुरु भएको छ ।

विभिन्न ९ वायुसेवा कम्पनीमध्ये ८ वटाले सोमबारदेखि उडान सुरु गरेका छन् । कोरोना संक्रमणको जोखिम बढेको भन्दै गत चैत ११ गतेदेखि बन्द भएको नियमित हवाई सेवा १८० दिनपछि खुलेसँगै विमानस्थलको आन्तरिक टर्मिनलमा चहलपहल बढेको छ ।सामान्य अवस्थामा हुँदै आएका उडानको २५ प्रतिशत मात्र संचालन गर्नेगरी अनुमति दिईएको उडानमा विशेष अवस्थाको स्वास्थ्य मापदण्ड लागु हुने भएको छ ।

विश्व स्वास्थ्य संगठन र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले बनाएको कोरोना सम्बन्धि मापदण्ड अनुसार स्वास्थ्य सर्तकता अपनाउनु पर्नेछ ।

नयाँ व्यवस्था अनुसार उडान समयभन्दा कम्तीमा दुई घन्टाअघि नै यात्रु विमानस्थल पुग्नु पर्नेछ भने हाते झोला र अत्यावश्यक सामान मात्र लैजान पाइने भएको छ ।

यात्रुको पीसीआर परीक्षण रिपोर्ट अनिवार्य नभएपनि स्वयम् व्यक्तिले स्वस्थ्य रहेको घोषणा पत्रसहित विस्तृत फारम भर्नुपर्ने मापदण्ड बनाईएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *