कोभिड -१९को दोस्रो खोप बनाउँदै रुस

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

पहिलो खोपको सफल निमार्ण गरेको दावीगर्ने रुसले कोभिड–१९ को दोस्रो खोप बन्दै गरेको जानकारी दिएको छ । यसमा पहिलो खोपको जस्तो साइड इफेक्ट नहुने पनी बताइएको छ ।

दोस्रो खोपको नाम एपीभ्याककोरोना हो । रुसले यो खोप साइबेरियास्थित अतिगोप्य सोभियत जैविक हतियार अनुसन्धान केन्द्रमा बनाइरहेको हो । त्यो संसारको अग्रणी भाइरोलोजी संस्था हो ।

दोस्रो खोपको क्लिनिकल ट्रायलहरू सेप्टेम्बर महिनामा पूरा हुनेछ । ५७ जना स्वयंसेवीमा कुनै साइडइफेक्ट नदेखिएको वैज्ञानिकहरूले दाबी गरेका छन् । ‘खोप लगाइएका स्वयंसेवीहरू स्वस्थ अनुभव गरिरहेका छन् । अहिलेसम्म ५७ जना स्वयंसेवीलाई खोप लगाइएको छ भने ४३ जनालाई झूटमुटको औषधि दिइएको छ,’ रुसको प्रमुख स्वास्थ्य निगरानी संस्था रोसपोत्रेनादजोरले जनायो ।

स्वयंसेवीहरूलाई २३ दिनसम्म अस्पतालमा राखेर परीक्षण गरिएको इन्टरफ्याक्सले खबर दियो । ‘सबै स्वयंसेवी स्वस्थ छन् । उनीहरूमा नकारात्मक परिवर्तन देखिएको छैन ।’

१४ देखि २१ दिनको अन्तरमा दुईपटक खोप लगाउँदा यसले इम्युन रेस्पोेन्स ल्याउने बताइएको छ । रुसीहरूले यस खोपलाई अक्टोबर महिनामा दर्ता गर्ने र नोभेम्बर महिनासम्ममा उत्पादन गर्ने बताएका छन् ।एजेन्सी

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *