कोइला खानीमा च्यापिएर १६ मुजदुरको मृत्यु

चीनको एक कोइला खानीमा कार्बन मोनोअक्साइड ग्यासका कारण कम्तीमा पनि १६ जना मजदुरको मृत्यु भएको छ । दक्षिणपश्चिमी चीनको एक खानीमा सो दुर्घटना भएको बताइएको छ । चिनियाँ सरकारी टिभी सिसिटिभीले सो कुराको जानकारी गराएको हो ।
खानीमा कार्बन मोनोअक्साइड ग्याँस विस्फोट भएको र जसका कारण ती मजदुरहरु भाग्न नसकेर च्यापिएर ज्यान गएको बताइएको छ । आइतबार बिहान सो दुर्घटना भएको थियो । यस दुर्घटनामा परेर अरु पनि मजदुरहरु सो खानीमा च्यापिएको अनुमान गरिएको छ ।
उद्धारकर्मीहरुले स्वास्थ्यकर्मी तथा औषधिसहितको टोली समेत लिएर त्यहाँ पुगेका थिए । उनीहरुले खानीबाट उद्धार गरिएका नागरिकलाई उपचार गरेर बचाउने प्रयास गरेका थिए ।
तर, पनि १६ जनाको सो खानीभित्रै ज्यान गएको थियो । एक जनाको उद्धार गर्न सफल भएको जनाइएको छ । अरु पनि सो खानीमा मजदुरहरु परेको हुनसक्ने आशंकामा उद्धारको कार्य जारी राखिएको बताइएको छ । चीनमा खानी दुर्घटनामा परी बर्सेनि ठूलो संख्याका नागरिकले ज्यान गुमाउने गरेका छन् ।