कैलालीमा दुई प्रहरीको हत्यासँग जोडिएका केराउ व्यापारी गुप्ता पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

१ कात्तिकमा भएको प्रहरी सहायक निरीक्षक र प्रहरी जवानको हत्या घटनासँग जोडिएको केराउ तस्करीमा संलग्न भएको आरोपमा प्रहरीले धनगढीमै व्यापार गर्ने राजीब गुप्तालाई पक्राउ गरेको हो।

धनगढी उपमहानगरपालिका–१२ मा रहेको अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज, प्रहरी सहायक निरीक्षक ९असई० गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउद हत्या घटनाको अनुसन्धानका क्रममा धनगढीका व्यापारी गुप्ताको संलग्नता देखिएपछि मंगलबार पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी मुकेशकुमार सिंहले बताए।

उनले प्रहरीको हत्या भएको राति जुगेडा क्षेत्रबाट तस्करी भएको सामान गुप्ताको भएको खुलेपछि उनलाई पक्राउ गरिएको बताए। पक्राउ परेका गुप्तालाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

(Visited 2 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *