कैलालीको लम्कीमा चट्याङ लागेर एक बालिकाको मृत्यु,एक घाईते

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

कैलालीमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको लम्की चुहा नगरपालिका वडा नम्बर १ थपालिपुरका पदम शाहीकी १३ बर्षिया छोरी अन्जु शाहीको दिउसो ३ बजे चट्याङ लागेर मृत्यु भएको हो ।

चट्याङ लागेर उनि सङ्गै गएकी १५ बर्षिया बालिका भावना शर्मा भने घाईते भएको ईलाका प्रहरी कार्यालय मोतिपुरले जानकारी दिएको छ । दिउँसोतिर पानी परिरहेको बेला घर नजिकैको जंगलमा दाउरा लिन गएकी उनिहरुलाई चट्याङ लागेको स्थानीयले बताएका छन ।

घाईते बालिकाको लम्की स्थित लालरत्न अस्पतालमा उपचार भैरहेको छ भने उनको स्वास्थ्य अवस्था अहिले सामन्य रहेको छ ।चट्याङ लागेर मृत्यु भएकी शाहिको शब पोष्ट मार्टमका लागी टिकापुर अस्पताल लगिएको ईलाका प्रहरी कार्यालय मोतिपुरका प्रमुख प्रहरी निरीक्षक ज्ञानेन्द्र चन्दले जानकारी दिएका छन ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *