कैलालीको भजनीमा अबिरल बर्षा पछि बाढीले बगाउदा ४ जना बेपत्ता

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

कैलालीको भजनीमा अबिरल बर्षा पछि आएको बाढीले बगाउदा ४ जना बेपत्ता भएका छन । भजनी नगरपालिका वडा ८ सोनाफाटामा बाढिले बगाउदा ४ जना बेपत्ता भएका हुन । हुलाकी राजमार्ग माथी भएर आएको बढीले बगाउदा पैदाल तथा मोटरसाईकलमा सवार गरि ६ जना वेपता भएका थिए । जसमा २ जनाको सशस्त्र प्रहरीले सकुशल उद्दार गरेको छ भने ४ जना अझै बेपत्ता भएका छन । बेपत्ता भएका ४ जनाको नेपाली सेना,शसस्त्र प्रहरी र नेपाल प्रहरीले खोजी कार्य जारी राखेको छ ।

अहिले भजनी नगरपालिका वडा नम्बर ६, ७ र ८ का अधिकांश घरहरु डुवानमा परेका छन । घर डुवानमा परेर बिस्थापीत भएका केही स्थानीयलाई नजीकैको बिद्यालयमा राखीएको छ । केही स्थानीयहरु हुलाकी राजमार्गमा बसीरहेका छन । गएराती देखि परेको अबिरल बर्षाका कारण कैलालीका १३ स्थानीय तह मध्य ६ स्थानीय तहका बिभिन्न ठाउँ ठुवानमा परेका हुन । कैलालीको पुर्वी स्थानीय तह लम्कीचुहा लगायत दक्षिणमा पर्ने जानकी, टिकापुर,भजनी, जोशीपुर लगाएतका ठाउँ डुवानमा परेको बताईएको छ ।

बर्षा पछि आएको बाढीले गर्दा पूर्वी क्षेत्रमा पाँच हजार भन्दा बढी घर डुबानमा परेको अनुमान गरिएको छ । कतिपय गाउँलाई बाढीले घेरेको छ भने त्यहाँ उद्दारका लागि कोही जान सकेको छैन । तर केही स्थानीय पालिकाहरुमा जेसिभी, स्काभेटर लगाएतका सामाग्री प्रयोग गर्दै उद्दार कार्य जारी रहेको पालिकाहरुले बताएका छन

Leave a Reply

Your email address will not be published. Required fields are marked *