कैलालीको घोडाघोडीमा मोटरसाईकललाई बसले ठक्कर दिदा मोटरसाइक चालकको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

कैलालीको घोडाघोडी १०मा सवारी दुर्घटनाहुदा मोटरसाईकल चालकको मृत्युभएको छ । स्थानीय मोटरसाईकल चालक राम बहादुर चौधरीको मृत्यु भएपछि
पुर्व पश्चिम राजमार्ग अन्तर्गत कैलालीको घोडाघोडी नगरपालिका १० पहलमानपुरमा राजमार्ग अवरुद्ध पारिएको छ । बस र मोटरसाईकल ठोक्किदा मोटरसाईकल चालक घोडाघोडी १० का ४० बर्षिय राम बहादुर चौधरीको मृत्यु भएको थियो । चौधरीको मृत्यु पछि आफन्तहरुले विरोधमा राजमार्ग अवरुद्ध पारेका हुन् । पश्चिम बाट पुर्व तर्फ गई रहेका भे १ ख १७३२ नम्बरको बस र बाटो काटिरहेको से ३ प ६३७६ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किएका थिए । दुर्घटनामा परि मोटरसाईकलमा सवार ४२ बर्षिय मान बहादुर चौधरी घाईते भएका छन् । घाईतेको सुखड स्थित घोडाघोडी अस्पतालमा उपचार भईरहेको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *