कैदी बन्दीको मृत्युको विवादास्पद भिडियोबारे वीर अस्पतालले जनायो आपत्ति

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

वीर अस्पतालमा मृत्यु भएका एक कैदी बन्दीको शवबारे सामाजिक सञ्जालमा विवादास्पद कुरा आएपछि अस्पतालले विज्ञप्ति निकाल्दै उक्त घटनाबारे तथ्य सार्वजनिक गरेको छ ।

अस्पतालका निर्देशक डा केदार सेन्चुरीले शवलाई उपयुक्त रेफ्रिजेरेटरमा नराख्दा सड्न गल्नसक्ने भन्दै गलत प्रचारवाजी नगर्न आग्रह गरेका छन् । रुपन्देहीका ६३ वर्षीय कैदीबन्दीको उपचारको क्रममा मृत्यु भएपछि उनको हत्या गरिएको भन्दै मृतककी छोरी लगायत आफन्तले अस्पतालमा पुगेर विरोध जनाएपछि कस्पतालमा भीड लागेको थियो ।मृतककी छोरीले हत्या भएको हुनसक्ने भन्दै केहि मिडिया र सामाजीक सञ्जानमा कुरा पुर्याको देखिन्छ ।

चिकित्सकले भने ती कैदीबन्दीको उपचारको क्रममा मृत्यु भएको र केही दिर्घरोग समेत रहेको बताएका छन् । साथै निजको आँखा झिकेको, घाँटी काटिएको जस्ता कुरालाई अफवाह भन्दै अस्पतालले कोरोना त्रासले गर्दा पोस्टमार्टम र अन्त्यष्टि हुन नसकेको जनाएको छ । साथै भ्रामक समाचार सम्प्रेषण भएकोमा अस्पतालले आपत्ति जनाएको छ ।

शवलाई उपयुक्त रेफ्रिजेरेटरमा नराख्दा हुने यो सामान्य प्रक्रिया हो। यो मेडिकल अवस्थालाई नबुझी केही सञ्चारमाध्यमहरुमा आँखा निकालिएको, चोटपटक लागेको र घाँटी काटिएको जस्ता भ्रामक समाचार सम्प्रेषण भएकोमा ती समाचारमा कुनै सत्यता र यथार्थ छैन, डा अस्पतालको विज्ञप्तिमा उल्लेख छ ।

साथै मृतकका परिवार पनि मृत्युपछि नै अस्पताल पुगेका थिए । यस्तै मृतकका आफन्तले सहमति नदिँदा अन्त्यष्टि हुन नसकेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका अनुसार केन्द्रीय कारागार सुनधारामा रहेका ती व्यक्तिलाई केही दिन अघिदेखि नै श्वासप्रश्वासमा समस्या भएपछि यही असोज ३ गते वीर अस्पतालमा भर्ना गरिएको हो । र ४ गते मृत्यु भयो ।

कारागार प्रमुख लक्ष्मी प्रसाद बास्कोटाले पनि कैदीबन्दीको मृत्युबारे विवादास्पद सूचना आएपछि त्यसको निरीक्षण गरिएको बताएका छन् । तर प्रहरी, कारागार र स्वास्थ्यकर्मीसहितको रोहवरमा शव अवलोकन गर्दा हल्ला गरिए जस्तो चोटपटक नदेखिएको बास्कोटाले बताएका छन् ।

रुपन्देहीका सिदार्थ नगरपालिका(५ का ६३ वर्षीय पुरुष ८ वर्षदेखि कर्तव्य ज्यान मुद्दामा जेल जीवन काटिरहेका थिए । बास्कोटाका अनुसार उनमा केही वर्षदेखि पार्किन्सनको समस्या थियो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *