के गर्दैछन पूर्वयुवराज पारस मुस्ताङमा ?

पूर्वयुवराज पारस शाह मुस्ताङ पुगेका छन्। उनी आफ्ना निकट सहकर्मीका साथ मुस्ताङको घुमफिरमा व्यस्त रहेका छन्। पूर्वयुवराज शाह पोखरादेखि म्याग्दीहुँदै बुधबार दिउँसो मुस्ताङ पुगेका हुन्। मुस्ताङ जाने क्रममा शाह थासाङ गाउँपालिका लेतेस्थित होटल सियुमा बास बसेका थिए ।
उक्त लज संघीय प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनको हो । उनी अहिले जोमसोमस्थित फाइभ स्टार होटलमा विश्राम गरेको बुझिएको छ । उनका केही साथी मुक्तिनाथ दर्शनका लागि गएका छन्।
उनको मुस्ताङ यात्रामा २ वटा पजेरो जीप र ६ वटा मोटरसाइकल प्रयोगमा छन् । शाहले बा १४ च २१३१ नम्बरको जीप चढेका छन् । उनका सहयोगीले बा १४ च २११३ नम्बरको जीपमा सवार छन् । सँगै उनीहरु मोटरसाइकल चढेको बुझिएको छ।
बिना कुनै सूचना र जानकारी मुस्ताङ गएका पूर्वयुवराज शाह सार्वजनिक रुपमा खुलेका छैनन् । म्याग्दीहुँदै मुस्ताङ गएका शाहले होटलका कर्मचारीसँग खिचाएको फोटो बाहिरिएको छ ।