के कोरोनाको मुख्य औषधि निषेधाज्ञा हो ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

निषेधाज्ञा जारी भयो सोही दिन देखिको अबस्थालाइ हेर्ने हो भने सन्क्रमितको सङ्ख्यामा कमि देखिएको छैन । के कोरोनाको मुख्य औषधि निषेधाज्ञा हो ? हो भने किन सन्क्रमितको सङ्ख्या बढेको छ त ? यदि होइन भने फेरि यो निषेधाज्ञा किन ? निषेधाज्ञा गरेर जनतालाइ घर भित्र थुनेर ठुलो उपलब्धि केही भएको जस्तो लाग्दैन बरु केही समय यस्तै भयो भने भोकमरी सुरु हुन्छ अपराध बढ्छ ।

निषेधाज्ञा नै समस्याको समाधान होइन ।निषेधाज्ञा खोल्नुपर्छ । अब जसलाइ आफ्नो शरीरको माया हुन्छ त्यो ब्यक्तिले त्यही अनुसार सावधानी अपनाउनु पर्छ जसलाइ आफ्नो शरीरको माया हुदैन त्यो ब्यक्तिलाई संक्रमण हुन्छ । सरकारले मात्र यो कुरामा ध्यान दिएर पनि हुदैन ब्यक्ति स्वयंम आफै पनि सचेत हुनु पर्छ । अर्को कुरा यो निषेधाज्ञा गरेर अलि पहुँच भएकालाइ दशै आएको छ तर जनतालाइ चै दशा भएको छ ।

हरेक सामानमा मुल्यबृद्दी भएको छ जता हेर्यो त्यतै लुटतन्त्र छ । अघाएको पेटले भोकको अनुभव कस्तो हुन्छ बनेर कहाँ थाहा पाउन सक्छ र त्यसैले यतिबेला पीडा सामान्य स्तरका जनतालाई परेको छ । सबैकुराले सम्पन्न ब्यक्तिलाई त यो निषेधाज्ञा जति भएन नि केही फरक पर्दैन तसर्थ सम्बन्धित निकायले यो बारेमा सोच्ने हो कि रु यदि सम्बन्धित निकायले यो निषेधाज्ञालाई अझै लामो समय सम्म लम्ब्याउने हो भने ओलि जि ले भनेको जस्तै दालभात खान अब काम गर्नु पर्दैन भन्ने कुरालाइ पत्याएर कि त आनन्दले घरमा बस्नु पर्यो होइन भने निषेधाज्ञा खोल्नु पर्यो !

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *