केपी शर्मा ओली पक्षका सात जना नेतालाई कारबाही

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

दाहाल–नेपाल नेतृत्वको नेकपाले प्रधानमन्त्री केपी शर्मा ओली पक्षका सात जना नेतालाई कारबाही गरेको छ । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय समिति बैठकले स्थायी समिति सदस्य सुवास नेम्वाङ, केन्द्रीय सदस्यहरु विशाल भट्टराई, महेश बस्नेत, शान्ता चौधरी, प्रभु साह, सूर्य थापा र कर्णबहादुर थापालाई कारबाही गर्ने निर्णय गरेको हो ।

बैठकले उनीहरुलाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए । स्थायी समिति सदस्य तथा दलका उपनेता सुवास नेम्वाङले पार्टीको अन्तरिम विधान उल्लंघन गरेको हुनाले स्थायी समितिबाट निलम्बन गर्दै तीन दिनभित्र उपनेताबाट राजीनामा गर्न निर्देशन दिएको हो । त्यस्तै, केन्द्रीय सदस्य विशाल भट्टराईलाई केन्द्रीय सदस्यबाट निलम्बन गर्ने र सांसदको जिम्मामा रहन सचेत गराउने निर्णय गरेको छ ।

विभाजित नेकपाको ओली पक्षले केहि दिनपहिले संसदीय दलको प्रमुख सचेतक रहेका देव गुरुङलाई हटाई भट्टराईलाई सो पदमा चयन गरेको थियो । यसबाहेक महेश बस्नेत, शान्ता चौधरी, प्रभु साह, सूर्य थापा, गोकुल बाँस्कोटालाई केन्द्रीय सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको हो । केपी ओलीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्ने सबै दलहरुलाई संयुक्त सरकारका लागि यो बैठकले अपिल गर्ने समेत बैठकले निर्णय गरेको छ ।

यसअघि सो समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाइ पार्टीको साधारण सदस्यबाट समेत निष्काशन गर्ने निर्णय गरेको थियो। त्यसैगरी, महासचिवबाट विष्णु पौडेललाइ पनि हटाएको थियो । पुस ५ गते प्रतिनिधि सभा विघटनसँगै प्रचण्ड–नेपाल र प्रधानमन्त्री ओलीले छुट्टाछुट्टै रूपमा राजनीतिक गतिविधि सञ्चालन गर्दै आएका छन्। दुवै दल कानुनी रूपमा भने अहिले पनि एकै छन्। ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *