केन्द्र सरकारले कोराना संक्रमितको निःशुल्क उपचारगर्न नसक्ने भनीरहदा दोलखामा भने नि:शुल्क

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

केन्द्र सरकारले कोराना संक्रमित नागरिकको निशुल्क उपचार गर्न नसक्ने घोषणा गरे पनि प्रदेश र स्थानीय तहले संक्रमितको निःशुल्क उपचार गर्ने घोषणा गरेका छन् । यसैक्रममा दोलखाको भीमेश्वर नगरपालिले पनि कोराना संक्रमित सबै नागरिकको निःशुल्क उपचार गर्ने घोषणा गरेको छ ।

नगरपालिकाले चरिकोट अस्पतालको आईसोलेसनमा रहेका संक्रमितलाई सेवा दिई रहेको छ । नगरपालिकाले लक्षण देख्ने बितिकै उपचारका लागि अस्पताल पु¥याउन गाडीको समेत व्यवस्था गरेको छ ।

भीमेश्वर नगरपालिकामा दैनिक दसदेखि ११ जनाका दरले कोराना संक्रमित थपिदै गइरहेका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *