कृष्णनगर सीमा क्षेत्रबाट अवैध २४ लाख ५० हजार रुपैया बरामद

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

अवैध रुपमा भारतबाट नेपाल तर्फ ल्याउंदै गरिएको २४ लाख ५० हजार भारतीय रुपैया शशस्त्र प्रहरीले कृष्णनगर सीमा क्षेत्रमा बरामद गरेको छ । भारतबाट नेपाल तर्फ सीमा नाकाबाट लुकिछीपी कृष्णनगर प्रवेश गर्न लागेको व्यक्तिलाई शंका लागि खान तलासी गर्न खोज्दा सो भारतीय रुपैया बरामद गरिएको शशस्त्र प्रहरी उपरीक्षक धु्रब कार्कीले बताए ।

शुरुमा झोलामा सेनेटाईजर र औषधी छ भनी छुक्याएका ति व्यक्तिलाई शशस्त्र प्रहरीले शंका लागि थप चेकजांच गर्न खोज्दा झोला छोडेर ति व्यक्ति सीमा पारी भारत तर्फ भागेको शशस्त्र प्रहरीले बताएको छ ।

झोलामा ५ सय दरका ५९ वटा सय सय को गड्डी भारतीय रुपैया बरामद भएको छ । सो रकम थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठार्ईने शशस्त्र प्रहरी उपरीक्षक ध्रुब कार्कीले बताए । केही दिन अघि मात्रै शशस्त्र प्रहरीले सीमा क्षेत्र चाकरचौडा नजिकबाट एक व्यक्ति सहित स्रोत नखुलेको १६ लाख रुपैया नेपाली बरामद गरेको थियो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *