कृषि विकास बैंक ह्याक प्रकरण : १ करोड लिएर फरार रहेका ह्याकर पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

काठमाडौं– कृषि विकास बैंकको सिस्टम ह्याक गरी १ करोड निकालेर फरार भएका एक व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका–२ का ४३ वर्षीय दीपक नेपाल छन्। उनलाई महानगरी प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो।

उनले नाइजेरियन तथा भारतीय नागरिकहरुसँग मिलेर भारतको मुम्बईमा बसी नेपालका बैंकहरु ह्याक गर्दै रकम निकाल्दै आएका थिए। उनले ५ अर्बभन्दा बढी ह्याक गरी निकाल्ने योजना बनाएको प्रहरीले बताएको छ।

उनले ह्याक गरेर निकालिएको मध्ये १ करोड रुपैयाँ लिएर फरार भएको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए। उनलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *