कृषि विकास बैंकका ८ कर्मचारीमाथी २ अर्ब ७१ करोड ४४ लाख रुपैयाँ माग दाबी गर्दै भष्ट्राचार मुद्दा

अख्तियार दुरुयोग अनुसन्धार आयोगले कृषि विकास बैंकका ८ कर्मचारीले २ अर्ब ७१ करोड ४४ लाख रुपैयाँ माग दाबी गर्दै भष्ट्राचार मुद्दा
यर गरेको छ । आयोगले सोमबार विशेष अदालतमा बैंकको स्वयम्भू शाखाका ८ जना कर्मचारीविरुद्ध सो रकम मागदाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनीहरूविरुद्ध जनही ३३ करोड ९३ लाख रुपैयाँ बराबरको बिगो मागदाबी गरिएको छ ।
तत्कालीन शाखा प्रबन्धक भरतबहादुर बानियाँ र शाखा अधिकृत केदारप्रसाद गौतमलगायत सम्झना पोखरेल गौतम, जेनी श्रेष्ठ गौतम, सुमन भुजेल, सूर्यबहादुर लिम्बु, सन्दीप गुप्ता र कृष्णहरि थापा विरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । अख्तियारले शाखा अधिकृत गौतम र शाखा प्रबन्धक बानियाँले नक्कली नाम तेज बहादुर थापा खडा गरी सोही नामबाट नागरिकता तथा राहदानी बनाई बैंकको ‘कोर बैंकिङ सिस्टम’ को दुरुपयोगसमेत गरेर रकम निकालेको ठहर गरेको छ ।