कृषकलाई मल उपलब्ध गराउन नसक्नु दु:खद : सांसद प्रकाशचन्द्र दवाडी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपाली कांग्रेस गोरखाका प्रदेश सांसद एवं गण्डकी प्रदेशका प्रवक्ता समेत रहेका प्रकाशचन्द्र दवाडीले सरकारले कृषकलाई युरिया मल आयात गरी उपलब्ध गराउन नसक्नु दुःखद कुरा भएको बताएकाछन् ।

उनले सो कुरा एक विज्ञप्तिमार्फत हरितालिका तीज–२०७७ शुभकामना दिने क्रममा बताएका हुन । उनले अहिले देश कोभिड–१९ को महामारीसँगै ज्यादै अफ्ठयारो परिस्थितिमा अगाडि बढिरहेको बताउँदै यस्तो अफ्ठ्यारो परिस्थितिमा सबै सुरक्षित भएर घरभित्रै सबैलाई तीज मनाउन समेत आग्रह गरेकाछन् ।उनले धान रोपाइँ सकिएको लामो समय बितिसक्दा पनि सरकारले कृषकलाई युरिया मल आयात गरी उपलब्ध गराउन नसक्नु दुःखद कुरा भएको बताए ।

विज्ञप्तिमा भनिएको छ– ‘पूर्वतयारी गरी कृषकलाई समयमै मल उपलब्ध गराउनुपर्नेमा सयम गुज्रिसक्दा पनि मल उपलब्ध गराउन नसक्नु वर्तमान सरकार कृषकप्रति उदासीन रहेको प्रस्ट देख्न सकिन्छ । सरकारको यस प्रकारको क्रियाकलापले कृषकलाई निरुत्साहित गर्ने कार्य गरेको छ ।’
उनले सरकारले सोझा जनतालाई विगतको बेलाजस्तै आश्वासन देखाएर जनतामाथि भ्रमको खेती त गरिरहेको छैन भनी प्रश्न समेत गरेकाछन् । यसले आफूलाई चिन्ता लागेको उनले उल्लेख गरेकाछन् ।

गरिब किसानले दुःख कष्टका साथ लगाएको धानवाली पहेँलिने अवस्थामा समयमै मल नहाल्दा बाली बिग्रने, धान उत्पादनमा ह्रास आउने जसका कारण भविष्यमा भोकमरी हुने अवस्था नआउला भन्न सकिन्न भन्दै उनले कोरोना महामारीसँगै मलको अभाव हुँदा कृषकको बाली नष्ट हुने, श्रम खेर जाने, खाद्यान्नको अभाव हुने देखिएको उल्लेख गरेकाछन् ।

मल आयातमा पनि कोभिड–१९ का सामग्री ल्याउँदाजस्तो अनियमितता हुने त होइन भनी प्रश्न गरेकाछन् ।उनले सरकारलाई कृषकको पीडाबोध गरी तत्काल निकासको बाटो खोजेर चाँडो मल आयात गरी सहुलियतदरमा मल उपलब्ध गराउन आग्रह गरेकाछन् ।

मल आयातमा भइरहेको ढिलाई तथा अनियमितताको सत्यतथ्य छानविन गरी दोषीलाई कारबाही गर्नसमेत उनले विज्ञप्तिमार्फत माग गरेकाछन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *