कृते कागजात बनाएर राहात बुझ्ने ६ जना पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा भत्कदै नभत्किएको घरलाई भत्किएको भनी नक्कली कागजात बनाएर राहात रकम बुझ्ने ६ जना पक्राउ परेका छन् ।

भत्कदै नभत्किएको घरलाइ भत्किएको भनी नक्कली फोटा तथा नक्कली कागजात बनाएर राहात रकम लिने भुमिकास्थान नगरपालिका वडा नम्वर ९ ढिकुराका ६ जनालाइ प्रकाउ गरिएको प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद पौडेलले बताउनु भयो ।
उनीहरुले पहिरोले घर भत्किएको भनेर भुकम्पमा भत्किएका घरका फोटा समेत राखेर नक्कली मुचुल्का तथा स्थानीय वडा कार्यलयको सिफारिस बनाएर जिल्ला प्रशासन कार्यलयबाट राहात रकम बुझेका थिए ।

स्थलगत अनुगमन गर्दा उनीहरुले नक्कली कागजात बनाएर रकम बुझेको भेटिएपछि पक्राउ गरी अनुसन्धान भैरहेको जिल्ला प्रशासन कार्यलय अर्घाखाँचीले बताएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *