कुस्तीमा नेपाललाई स्वर्ण पदक

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

धनुषा १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग खेलको कुस्तीमा नेपालले एतिहासिक स्वर्ण पदक जित्न सफल भएको छ ।

जनकपुरस्थित कबर्ड हलमा शनिबार भएको ५५ केसी तौल समूहको प्रतिस्पर्धामा नेपालकी संगीता धामीले स्वर्ण जितेकी हुन्। संगीताले बंगलादेशकी सखिरा सरकाररिनेलाई ४–१ अंकले पराजित गर्दै स्वर्ण हात पारेकी हुन् ।

स्वर्ण विजेता धामी कञ्चनपुरको महेन्द्रनगरकी बासिन्दा हुन्। सागको कुस्तीमा नेपालले जितेको यो पहिलो स्वर्ण पदक हो। यसअघि शुक्रबार नेपालले एक रजत र तीन कास्य पदक जितेको थियो। यो सँगै नेपालको स्वर्ण संख्या ४३ पुगेको छ।

शनिबार नेपालका लागि ४२ किलोमिटर म्याराथनबाट किरणसिंह बोगटीले स्वर्ण पदक जितेका थिए।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *