कुलमानलाई ‘नाष्ट प्रविधि पुरस्कार’

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नाष्ट० ले यो वर्षको ‘नाष्ट प्रविधि पुरस्कार’ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्रदान गरेको छ ।

पुरस्कारको राशि एक लाख नगद र सम्मान पत्र रहेको छ । विद्युत आपुर्ति र मागको वैज्ञानिक तथा प्राविधिक व्यवस्थापन गरी देशलाई लोडसेडिङ मुक्त बनाउन योगदान गरे वापत ‘नाष्ट प्रविधि पुरस्कार’ प्रदान गरिएको हो ।

शिक्षा, विज्ञान प्रविधि मन्त्री तथा नाष्टका सहकुलपति गिरिराजमणि पोखरेलले पुरस्कार प्रदान गरेका हुन् ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *