कुलमानको समर्थकलाई भाटा हानेर सरकार निरिह बन्योः नविन्द्रराज जोशी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काडमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एंव पूर्वमन्त्री नविन्द्रराज जोशीले सरकारले प्रधानमन्त्री केपी ओलीको समर्थनमा आएकाहरुलाई जयजयकार गरेर कुलमान घिसिङको समर्थनमा प्रदर्शन गर्नेहरुमाथि दमनको नीति लिन नालायकीपन भएको बताएका छन् ।
गणेशमान सिंह स्मृति प्रतिष्ठानको आयोजनामा भएको ‘संविधान, लोकतान्त्रीक पद्धति र सरकारको कार्यशैली’ विषयक भर्चुअल कार्यक्रमलाई संवोधन गर्दै यस्तो बताएका हुन् ।

कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणमा पूनः नियुक्तको माग गर्दै माइतिघर पुगेका प्रदर्शनकारी माथि प्रहरीको बरबर आक्रमणको दमनबाट नै सरकारको कार्यशैली प्रष्ट हुने उनले बताए ।

लोकतन्त्रमा जो कोहिले विरोध र समर्थन गर्न पाउने जिकिर गर्दै त्यस्तो कार्य तत्काल बन्द गर्न सरकारलाई चेतावनी दिए । अर्को प्रशंगमा उनले स्थानीय सरकार अधिकार सम्पन्न भइसकेको अवस्थामा जनप्रतिनिधिले प्रशासन गुहार्नु गलत हुने समेत प्रष्ट्याए ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसकी केन्द्रीय सदस्य पुष्पा भुषालले संविधानलाई निःर्शत पालना गर्नमा सरकार चुकेको बताइन् । भूषालले संविधानवादलाई कमजोर पारेर आफु अनुकुल केन्द्रीकृत शासन प्रणाली तर्फ सरकार उन्मूख भइरहेको उनले आरोप लगाइन ।

वरिष्ठ पत्रकार प्रतिक प्रधानले संविधानको सम्पूर्ण नम्सलाई सरकारले तोड्दै गएको दावि गरे । उनले बहुमतका आधारमा सरकारले विद्ययकहरु पारित गर्दै जानु संविधानको उपहास भएको जिकिर गरे । संघीयतालाई कमजोर पारेर केन्द्रीकृत शासन प्रणाली सरकारले अवलम्वन गर्दै गएको प्रधानले बताए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *