कुर्सीको लागी फेरि किन कोही अपांग-बिधुवा र टुहुरा बन्ने कमरेड ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

ज्ञानेन्द्र प्रकाश गजुरले,नेपाली काँग्रेस युवा नेता

हिजोका गणतन्त्रका लागि लडेका जनसेनाका योद्धाहरूलाई म्यानपावर कम्पनीहरूले अरबका खाडीमा अधिकारविहीन कामदारका रूपमा बेचेका छन।

आधुनिक दास बनाएका छन। घाइते साथीहरू उपचार नपाएर छटपटाइरहेका छन। उनीहरूका बारेमा के कार्यक्रम छ तपाइँसित कमरेड ?

आफ्नै भूतपूर्व सहकर्मीहरू फेरि पनि जेलनेल भोगिरहेका छन् ।
कैयौं फेरि बनवास भएका छन। तिनलाई शान्तिको बाटोमा ल्याउन सरकारसित केही माग गर्नुभएको छ कमरेड??
तपाईंको कुर्सीका लागि फेरि किन कोही घाइते-अपांग-बिधवा र टुहुरा बन्ने …कमरेड ??

ति महान सहिद हरूको आत्माले हेरिराखेका छन र ति बिचरा अनाथ र टुहुरा बालक हरूले परिवर्तन पर्खि बसेका छन कमरेड |

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *