कुमार पौडेल मृत्यु प्रकरण कुमार पौडेललाई प्रहरीले अनावश्यक बल प्रयोग गरी गोली हानी मारेको हो : आयोग

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

राष्ट्रिय मानव अधिकार आयोगले नेत्रविक्रम चन्द नेकपाका नेता कुमार पौडेल दोहोरो भिडन्तमा मारिएको पुष्टि नभएको ठहर गरेको छ । आयोगको आज बसेको बैठकले अनुसन्धानबाट पौडेलको मृत्यु दोहोरो भिडन्तमा भएको पुष्टि हुन नसकेको निस्कर्ष निकालेको हो । आयोगको बैठकले घटनामा प्रत्यक्ष संलग्न प्रहरी र उक्त टोलीको नेतृत्व गरेका प्रहरी अधिकारीविरूद्ध मुद्दा चलाउन सरकारलाई निर्देशन दिने निर्णय गरेको छ । आयोगले स्थलगत अनुसन्धान गरेर तयार पारेको प्रतिवेदनका आधारमा त्यस्तो निर्णय गरेको हो । असारको पहिलो साता चन्द नेकपाका सर्लाही जिल्लाका नेता पौडेल लालबन्दी नगरपालिकास्थित जंगलमा मारिएका थिए । उनको मृत्यु दोहोरो भिडन्तमा भएको प्रहरीले दावी गरेको थियो । घटनाको विषयमा संसदमा समेत प्रश्न उठेको थियो । संसदीय छानविन समिति गठनको माग गर्दै कांग्रेस र मधेस केन्द्रित दलले संसद बैठक समेत अबरुद्ध गरेका थिए । चन्द नेकपाले पनि आफ्ना नेतालाई नियन्त्रणमा लिएर हत्या गरिएको दावी गरेको थियो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *