कुनैपनि हालत पार्टी नफुट्ने : नेकपा अध्यक्ष पुष्पकमल दाहाल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेकपा अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहालले कुनैपनि हालत पार्टी नफुट्ने बताएका छन । नेकपा चितवनद्धारा आयोजित पार्टी कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी नफुट्ने भन्दै कार्यकर्तालाई आरोप प्रत्यारोपमा नउत्रन आग्रह पनि गरे । पार्टीमा जटिलता र समस्या भएपछि विभाजन हुन नदिइने अध्यक्ष दाहालको भनाइ छ ।

यसअघि देशभित्र र बाहिरबाट पार्टी एकिकरण नहोस भनेर लाग्नेहरु नै अहिले पार्टी फुटाउन क्रियाशील भएर लागेको उनको भनाइ थियो । उहाँले पार्टी भित्र जिन्दाबाद र मुर्दाबादको नारा लगाउनु दुःखद भएको भन्दै यता उता दैडिन थाले पछुताउनुको विकल्प नरहेको पनि बताए । वितगमा गरिएका संकल्प, समझदारी र सहकार्यलाई निरन्तरता दिने उनको भनाइ थियो । राष्ट्रियताका विषयमा पार्टीमा सर्वसम्मत निर्णय गरेर कार्यान्वयन भएको भन्दै कोही महान राष्ट्रबादी र कोही राष्ट्रबादी दलाल नरहेको पनि अध्यक्ष दाहालले उल्लेख गरे ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *