कुनैपनि कम्युनिष्ट घटकको नेतृत्वको सरकारमा जाननहुने :प्रकाश शरण महत

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाश शरण महतले कुनैपनि कम्युनिष्ट घटकको नेतृत्वको सरकारमा जाननहुने बताएकाछन् ।

नेपाली कांग्रेस ओखलढुंगाले स्वर्गीय नेता मित्रसेन दाहालको १३ औँ पुण्यतिथिमा काठमाडौंमा बुधबार गरेको श्रद्धाञ्जली सभामा सह–महामन्त्री महतले कम्युनिष्ट घटकको नेतृत्वमा कांग्रेस सरकारमा जाननहुने बताएकाहुन । तर सरकारको नेतृत्वको जिम्मेवारी लिनुपर्ने अवस्था आए कांग्रेसले लिनुपर्ने तर्क उनले गरे । उनले कांग्रेसको नेतृत्व सहज स्वीकार गर्नेसंग मिलेर सरकार बनाउनुपर्ने बताए ।

उनले भने – ‘अहिले नेपाली कांग्रेस पार्टी चाहिँ पर्ख र हेरको नीतिमा छ । यद्यपी धेरै समयसम्म पर्ख र हेर गरिरहन सक्दैनौँ । २३ गते संसदको बैठक छ । बैठकको पहिलै दिन सबै टुंगिने पनि होईन । बैठकको प्रारम्भ हो । त्यसपछि कम्युनिष्ट पार्टी कसरी, दुईवटा घटक कसरी प्रस्तुत हुन्छ, त्यसलाई हेरेर नेपाली कांग्रेसले आफ्नो रणनीति बनाउनुपर्छ । अहिले नै हौसियर फलानोसँग समिकरण गर्ने भन्यौ भने त्यो अपरिपक्व हुन्छ । त्यो गुट ओली जुट्छ कि ? त्यो पनि प्रयास भएका छन् । देशी विदेशी सबै प्रयासहर संलग्न छन् । अहिले पार्टीले लिएको पर्ख र हेर को नीति उपयुक्त नीति छ । अब जुन बेला त्यहाँ देखिन्छ । नेपाली कांग्रेस सरकार निर्माणमा नेपाली कांग्रेसको भुमिकाको आवश्यकता प¥यो, त्यस्तो परिस्थिति आयो भने त्यसबेला नेपाली कांग्रेसले निर्णय गर्नुपर्छ । निर्णय गर्न नेपाली कांग्रेस सक्षम छ । नेपाली कांग्रेसको भुमिकाको आवश्यकता देखियो भने हामिले कुनैपनि कम्युनिष्ट एउटा घटकको नेतृत्वमा चाहिँ नेपाली कांग्रेस जाँदैन भन्ने मलाई लाग्छ । जानु हुँदैन भन्ने मेरो व्यक्तिगत मान्यता छ । तर नेपाली कांग्रेसले नै जिम्मेवारी नेतृत्वको जिम्मेवारी लिनुपर्ने आवश्यकता प¥यो भने त्यो हामिले लिनुपर्छ । फलानो सँग चाहिँ गर्नुपर्छ फलानो सँग चाहिँ हुँदैन भन्ने बहस छ । नेपाली कांग्रेसको नेतृत्व जसले स्वीकार गर्छ त्यसमा हामिले यो पक्ष ऊ पक्ष भनिरहनुपर्ने आवश्यकता छैन । नेपाली कांग्रेसको नेतृत्व स्वीकार र सहज शर्तमा ।’

नेपाली कांग्रेस कम्युनिष्ट कुन पक्ष तिर लाग्ने भन्दा पनि कम्युनिष्टहरुलाई आफ्नो राजनीतिमा ल्याउनुपर्ने उनको भनाई छ । आफ्नो पक्षमा राजनीति ल्याउन दिर्घकालिन सोच राख्नुपर्ने उनले बताए ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *