कुटपिट अभियोगमा पक्राउ परेका दिपक मनाङे रिहा

कुटपिट अभियोगमा पक्राउ परेका दिपक मनाङे रिहा भएका छन् । अखिल नेपाल फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङलाई झापड हानेको अभियोगमा पक्राउ परेका मनाङे ६ हजार धरौटीमा रिहा भएका हुन् । गण्डकी प्रदेशका सांसद समेत रहेका मनाङेबाट कुटिएका मिलनले माघ ८ गते जिल्ला प्रहरी कार्यालयमा कुटपिटको उजुरी दिएलगै ९ माघमा उनी पक्राउ परेका थिए ।
(Visited 1 times, 1 visits today)