कीर्तिमानसहित अन्डरडग्सु लाइपजिग सेमिफाइनलमा, एट्लेटिको बाहिरियो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

 

टेलर आडम्सको निर्णायक गोलप्रेरित आरबी लाइपजिगले एट्लेटिको मड्रिडलाई २–१ ले पराजित गर्दै च्याम्पियन्स लिगको सेमिफाइनलमा पेरिस सेन्ट जर्मन पीएसजीसँगको भेट निश्चित गरेको छ।

जारी सिजन प्रतियोगितामा लाइपजिग आफ्ना सर्वाधिक गोलकर्ता टिमो वेर्नर चेल्सी सरुवा भएपछि उनी बिना मैदानमा उत्रिएको थियो। तर, एट्लेटिकोका हुवाँ फेलिक्सको बराबरी गोलका बाबजुद नाटकीय जित निकाल्दै लाइपजिग इतिहासमै पहिलो पटक सेमिफाइनलमा पुगेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएको खेलको ५०औं मिनेटमा लाइपजिगका ड्यानी ओल्मोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर, एट्लेटिकोका ‘सब्स्च्यिुट’ युवा स्टार फेलिक्सले ७० औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै बराबरी बनाएका थिए।तर, निर्धारित ९० मिनेटको खेल सकिन दुई मिनेट बाँकी रहँदा आडम्सले गोल गर्दै जर्मन ‘अन्डरडग्स’को सेमिफाइनल यात्रा तय गरे।

हारसँगै प्रतियोगिताबाट बाहिरिएको एट्लेटिकोले सुन्दर मौका गुमाएको छ। जारी सिजन प्रतियोगितामा एट्लेटिकाका सर्वकालिन प्रतिद्वन्दी रियाल मड्रिड र क्रिस्टियानो रोनाल्डोको युभन्ट्स पनि बाहिरिसकेका थिए।तर, सबै सम्भावना र अड्कलबाजीलाई चिर्दै सेमिफाइनलमा पुगेको लाइपजिगले फ्रेन्च हेभिवेट पिएसजीसँग फाइनल प्रवेशका लागि खेल्ने छ। बुधबार राति भएको खेलमा एट्लान्टाविरुद्ध २–१ को नाटकीय जित निकाल्दै पिएसजी १९९५ पछि पहिलो पटक सेमिफाइनलमा आइपुगेको छ।

कोरोना भाइरसका कारण क्वार्टरफाइनलदेखि नक आउट संरचनामा अगाडि बढेको यो प्रतियोगिताको फाइनलमा हालसम्म उपाधि जित्नबाट वञ्चित एक टोली पुग्ने निश्चित छ।स्टार खेलाडीलाई सिजन नटुङ्गिँदै स्टार फरवार्डलाई गुमाएको लाइपजिगका लागि रक्षक उपामेकानो नै सेमिफाइनल यात्रामा प्रभावशाली माध्यम बने।

उनले एट्लेटिकोका घातक आक्रामणका प्रयासलाई बारम्बार बिफल बनाएका थिए। त्यस्तै उनले यो महत्त्वपूर्ण जिततर्फ टोलीलाई डोर्‍याउन लाइपजिगको अग्रपंक्तिलाई सुनौला पास दिएका थिए।क्लबको पनि कीर्तिमान बनाएको लाइपजिग २०११ मा साल्केपछि बायर्न म्युनिख र बोरुसिया डर्टमन्ड बाहेक सेमिफाइनलमा पुग्ने पहिलो जर्मन क्लब बनेको छ।

हारसँगै एट्लेटिको मड्रिड च्याम्पियन्स लिगको नकआउट स्टेजबाट पहिलो पटक जर्मन क्लबसँग पराजित हुँदै बाहिरिएको छ। यसअघि बायर लेभरकुसेनलाई दुई र बायर्नलाई एक पटक पराजित गर्दै अगाडि बढेको थियो।

पराजित भए पनि एट्लेटिकोे सबैखाले प्रतियोगितामा गरी लगातार १९ खेलमा गोल गरेको छ। जुन, २०१२ मा २४ खेलमा लगातार गोल गरेपछिको सर्वाधिक लामो यात्रा हो। लाइपजिगका ओल्मो २०१७ मा एफके क्वाराबागका मिकेलपछि एट्लेटिकोविरुद्ध गोल गर्ने पहिलो स्पेनिस खेलाडी बनेका छन्।

एजेन्सी

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *