किसानले खसीबोकाको उचित मूल्य पाएनन्

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

हुनेखानीलाई दशै, हुँदा खानीलाई दशा भने झै बडादशै पनि गरिब विपन्नहरुका लागि बोझीलो बन्दै गएको छ । दशै मनाउन गाउँघरका किसान आफुले सन्तान झै माया गरेर हुर्काएका खसीबोका बेचेरै दशैंको गर्जो टारी रहेका छन् ।

मकवानपुरकाे भिमफेदी, नामटार, पदमपोखरी, आमभञ्ज्याङ, छतिवन, फापरवारी लगाएतका क्षेत्रबाट दशैंको लागि खसीबोका हेटौंडा आउने गरेको छ । दशैका लागि खसी, बोका, कुखुरा बेचेर, दशै खर्च जोहो गर्ने गाउँघरका किसानहरु सहर झर्न थालेपछि हेटौंडा बजारमा खसी, बोका खरीदबिक्री गर्नेहरुको भिड लागेको छ ।
हेटौंडा–१० बसपार्क स्थित खसी बोका बिक्रीकेन्द्रमा जिल्लाको विभिन्न ग्रामिण भेगबाट दैनिकजसो दुईसय देखि तीनसयको संख्यामा खसीबोका सदरमुकाम ल्याईने बिक्री केन्द्रका ठेकेदार राजकुमार महर्जनले बताए ।
गाउँघरबाट किसानले ल्याएका खसी, बोका र लोकल कुखुरा किन्न बिचौलीयाहरुको तँछाडमछाड हुने गरेको छ । दशैका लागि नुन तेल मशला र लत्ता कपडा किन्ने सपना बोकेर आउने विपन्न किसानहरु बिचौलीयाबाट ठगिने गरेका छन् ।

गाउँबाट खसीबोका कुखुरा शहर ल्याएर बिक्री गर्ने र त्यसबाट आएको पैसाले नुन तेल मसला सहीत जहान छोराछोरीलाई लत्ता कपडा किन्नेहरुको भीड अहिले हेटौंडा बजारमा देखिन्छ ।
पशुपालनबाट आम्दानी भएको पैसाबाटै दशै मनाउने प्रचलन नेपाली समाजमा प्राचीन नै हो ।

तर आफुले पालेका खसीबोकाको उचीत मुल्य नपाउँदा किसानलाई समस्या हुने गरेको छ । ब्यापारीले भनेकै मूल्यमा खसीबोका बेच्नुपर्ने बाध्यता रहेको बिन्दबासिनी कृषि फर्मका पुस्कर तिमल्सीनाले बताए ।
किसानले सस्तोमा बेचेका खसीबोका ब्यापारीले भने उपभोक्तासंग महङ्गो मुल्यमा बिक्री गरिरहेका छन् । पशुपालन गर्ने किसान र उपभोग गर्ने उपभोक्तालाई भन्दा बिचौलीयालाई दशै चाडले फाईदा पुर्याएको छ ।
ठगी खाने भन्दा गरिखानेहरुको दिन सहज हुने परिस्थीती नबन्दा संस्कृतिका रुपमा रहेका चाडपर्व पनि नेपालीका लागि बोझ बनिरहेको उपभोक्ता प्रवेश पोखरेलले बताए । संस्कृतिका नाममा हुने बिकृतीलाई नहटाउने हो भने चाडपर्वको लोकप्रियता दिनानुदिन घट्दै जान सक्छ यस तर्फ सम्बन्धित सबैको ध्यान जानु जरुरी रहेको उनको भनार्ए थियो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *