किसानको नाममा व्यापक अनियमितता : काम अधुरा, भुक्तानी पूरा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिकामा सञ्चालित मेयर सिंचाई आयोजना कार्यक्रममा अनियमितता भएको छ । काम सम्पन्न नहुदै रकम निकासा तथा चेक काटि मेयर सिंचाई आयोजनामा अनियमितता भएको भन्दै ९ वडामध्ये ७ वडाका वडाध्यक्षहरुले यसको छानविन हुनुपर्ने माँग गर्दै आन्दोलित भएका छन । रामगोपालपुर नगरपालिकाका वडानं.२,३,४,५,६,७ र ९ वडाका वडाध्यक्षहरुले हरेक वडाबाट १५-१५ लाखको रकम दिएर मेयर सिंचाई आयोजना कार्यक्रम सञ्चालन गरिएपनि नगरप्रमुख अशोककुमार मण्डलले त्यसको काम सम्पन नहुदै रकम भुक्तानी गरी अनियमितता गरेको आरोप उनीहरुले लगाईएका छन ।

हरेक वडामा ट्रान्सफरसहितको सिंचाईको सुविधासहित अन्य योजना काटेर मेयर सिंचाई आयोजना कार्यक्रममा लगानी गरेपनि नगरप्रमुखले मिलेमतोमा त्यसमा काम नै नगरी आर्थिक अनियमितता गर्न खोजेको आरोप लगाईएको छ । वडामा विभिन्न निर्माणको काम हालसम्म पनि पूरा गरेको छैन तर निर्माण कार्य सम्पन्न भइसकेको भन्दै असारमसान्तमा नै पटक–पटक गरेर सम्पूर्ण रकम भुक्तानी भइसकेको छ । पोल जडान, विद्युतीकरण तथा ट्रान्सफर्मर जडान सहितको काम कोटेशनमार्फत गरिएका थिए ।निर्माण काम अपुरो रहेको, विद्युतीकरणका लागि १ दर्जन पोल गाडिएको भए पनि तार जडान नभएको, पोल थन्क्याएर राखिएको जडान गर्नुपर्नेमा ट्रान्सफर्मर जडान नभएको पाइएको थियो ।

राम गोपालपुर नगरपालिकाले नगरक्षेत्रमा सिँचाइका लागि पूर्वाधार निर्माण गर्ने तथा किसानले आफ्नो खेतमा सिँचाइको व्यवस्था गर्न सकोस् भन्ने उद्देश्यले सो कार्यक्रम सञ्चालन गरेका हुन । १ करोड ५९ लाख बजेट रहेको सो आयोजनाका लागि ४० वटा पोल,तार र ७ वटा ट्रान्सफर खरिद गरी ९ वटै वडामा जडानका लागि टेण्डरमार्फत कार्य गराएका थिए । आयोजनामा भएको आर्थिक अनियमिताको छानविन गरी आवश्यक कारवाहीको लागि मुख्यमन्त्री कार्यालय, जिल्ला समन्वय समिति तथा जिल्ला प्रशासनलाई समेतमा उजुरी दिएका छन ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *