कालीमाटीमा अनुगन गर्दा व्यापारीको भागाभाग

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कालिमाटी फलफूल तथा तरकारी बजारका व्यापारीले सडेको माछा बिक्री गरेका छन्। काठमाडौं महानगरपालिकाको पशु सेवा विभागको एक टोलीले कालिमाटीमा अनुगमन गर्ने क्रममा सडेको माछा बिक्री गरेको फेला पारेको हो।

पशु सेवा विभागका अधिकृत डम्मरबहादुर बमका अनुसार अनुगमनका लागि सोमबार बिहान उक्त बजारमा टोली पुगेको थियो। अनुगमन गर्ने क्रममा २६ माछा पसलमध्ये १५ वटा पसलका सञ्चालक पसलको सटर खसालेर भागेका थिए। केहीले ताल्चासमेत लगाउन पाएनन्। ।अनुगमन टोलीले सटर खोलेर हेर्दा सप्तरी माछा पसलबाट ९ किलो सडेको माछा फेला पारेको थियो।

पसलका सञ्चालक मोहम्मद मजलुम मियाँले आइस हाल्न बिर्सेका कारण माछा सडेको दाबी गरे। बमका अनुसार टोलीले माछा व्यापारीले बिक्री बिल जारी गरे नगरेको, दर्ता र नवीकरणको विषयमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा बिक्री बिल जारी नगरेको, माछा गुणस्तरहीन अवस्थामा भेटिएको र दर्ता बेगर सञ्चालन गरेको पाइएको थियो।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *