कालीकोट पहिरोमा एकै परिवारका ४ सहित ८ जनाको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

कालीकोटको तिलागुफा नगरपालिका १ नाग्म बजारमा गएको पहिरोमा एकै परिवारका चारसहित आठ जनाको ज्यान गएको छ । पहिरोमा दुई महिनाको बालकको पनि ज्यान गएको छ । आइतबार बिहान कालीकोट र जुम्लाको सिमानामा रहेको नाग्म बजारमा गएको पहिरोमा नाग्म बजारमा व्यपार व्यवसाय गर्ने शुभकालिका गाउँपालिका ७ का ४० वर्षीय परेक शाही, उहाँका पाँच वर्षीय छोरा निराजन, दुई महिने छोरा अक्कल र ७ वर्षीया छोरी हिमाको ज्यान गएको जिल्ला प्रहरी प्रमुख, डीएसपी श्यामबाबु ओलीयाले जानकारी दिएकाहुन ।

यस्तै तिलागुफा नगरपालिका १ का ३५ वर्षीय मनवीर बडुवाल, २७ वर्षीय टेक भेरिकार, २४ वर्षीया थाइला भेरिकार र १० वर्षीय गजेन्द्र भेरिकारको ज्यान गएको छ ।

पहिरोमा परेका पुन्या शाही र अर्जुन हमालको उद्धार गरिएको छ । उहाँहूको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ ।

पहिरोमा अझै चार जना हराइरहेका छन् । उनीहरुको सोमबार बिहानदेखि फेरि खोजी गरिने प्रहरीले जनाएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *