कालिकोटमा वर्षाका कारण ज्यान गुमाउनेको सख्या ९ पुग्यो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कालिकोट जिल्लामा अभिरल वर्षाका कारण विभिन्न ठाउँमा क्षति पुगेको छ । पहिरोमा परि ज्यान गुमाउनेको सख्या ९ पुगेको जिल्ला प्रशासन कार्यालय कालीकोटले जानकारी दिएको छ । जिल्लाको नरहरीनाथ गाउँपालिका वडा नं ४ मा अभिरल वर्षाका कारण घर सहित पहिरोमा परि वर्ष ६५ मा मन वुढा र वर्ष ६० कि वालि वुढाको मृत्यु भएको र सोहि गाउँपालिका वडा नं ७ गङ्गे वुढाको घर पुरियर ७ जना को मृत्यु भएको जिल्ला प्रहरि कार्यलय कालिकोटका प्रवक्ता , यक्षराज जैसिले जानकारी दिएकाछन् । उनका अनुसार कालिकोटको रास्कोट नगरपालिका वडा नम्वर १ पर्ने वहलतोलाको घट्टेखोलामा वाढि आएर एक घर सहित ५ जना परिवार वेपत्ता भएको र उनीहरकिो खोजि कार्य जारी रहेको छ । यस्तै कर्णाली प्रदेको कर्णाली राजमार्ग वर्षाका कारण पुरै अबरुद्ध भएको प्रवक्ता जैसिले जानकारी दिए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *